Mar 23, 2023

गठबन्धनको बैठक एक घण्टालाई पछि सर्‍यो, यस्ता छन् एजेन्डा…

Jan 21 , 2022

शुक्रबार अपरान्ह ४ बजे बस्ने भनिएको पाँच दलीय गठबन्धनको बैठक एक घण्टालाई पछि सरेको छ।

यो बैठकमा सरकार सञ्चालन समन्वय संयन्त्रका संयोजक रामचन्द्र पौडेलसहितका नेताहरु पनि सहभागी हुनेछन्।

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको कार्यकाल ६ महिना पुगेको अवसरमा दिउँसो ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने तालिका छ।

देउवा सम्बोधन तयारीमा लाग्ने भएपछि गठबन्धन र संयन्त्र बैठक एक घण्टालाई सारिएको हो।

यो बैठकमा प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव पनि सहभागी हुनेछन्।

यो बैठकमा आगामी वैशाख(जेठमा स्थानीय तह वा प्रतिनिधिसभा निर्वाचन गर्नेबारे निष्कर्षमा पुग्न सकिने एक नेताले बताएका छन्।

मंगलबार बसेको सत्ता गठबन्धनको बैठकमा माओवादी अध्यक्ष प्रचण्डले वैशाख–जेठमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्नुपर्ने प्रस्ताव गरेका थिए।

त्यसलाई लिएर बिहीबार प्रचण्ड, देउवा र माधव नेपाल पनि वार्तामा बसेका थिए। उनीहरुले पनि बैठकमा एमालेले संसद चल्न नदिएकाले अब नयाँ जनादेशमा जानु उचित हुने निष्कर्ष निकालेका थिए।