राष्ट्रिय सभा बैठक पुस २७ गते बस्ने
Jan 07 , 2022

संघीय संसद, राष्ट्रिय सभाको बैठक विशेष कारणवश स्थगित भएको छ।
आज दिउँसो अपराह्न १ बजे बस्ने गरी बैठक निर्धारण गरिएको हो।
बैठक यही पुस २७ गते मंगलबार अपरान्ह १ बजे बस्ने गरी पुनः निर्धारण गरिएको संसद सचिवालयले जनाएको छ।
राष्ट्रिय सभा नियमावली २०७५ को नियम (६) बमोजिम राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त बैठक निर्धारण गरेका हुन्।