Sep 26, 2023

माओवादी महाधिवेशनमा माधव नेपालले भने- तपाईंहरूसँग मन मिल्यो (भिडिओ)

Dec 27 , 2021

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाली समाजवाद कस्तो हुने भन्ने सबैसँग छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गरेका छन्।

सत्ता गठबन्धन, संसदमा रहेका दलहरूबीच र बौद्धिक समुदायमा नेपाली समाजवाद कस्तो हुने भन्ने व्यापक रूपमा छलफल गर्न अध्यक्ष नेपालले प्रधानमन्त्री देउवासँग आग्रह गरेका हुन्।

आज नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनमा सम्बोधन गर्ने क्रममा अध्यक्ष नेपालले भने, ‘प्रधानमन्त्रीले गठबन्धन र संसदमा रहेका दलका बीचमा तथा बौद्धिक समुदायमा नेपाली समाजवाद कस्तो हुने व्यापक छलफल गर्नुपर्छ।’

उनले पार्टीहरूभित्र पनि नेपाली समाजवाद कस्तो हुने भन्ने छलफल हुनुपर्ने बताएका थिए। उनले शोषण तथा उत्पीडन अन्त्य हुनुपर्ने पनि बताए।

साथै शिक्षा, स्वास्थ्य तथा रोजगारका समस्या समाधान गरिनुपर्ने पनि उनले बताए। यस्ता समस्या कायमै राखे समृद्धि हासिल नहुने उनले बताए।

साथै उनले विधिमा बाँधिएन भने राष्ट्र असफल हुने पनि बताएका थिए।

अध्यक्ष नेपालले माओवादीसँग आफूहरूको मन मिलेको पनि बताएका थिए। ‘तपाईंहरूसँग मन मिल्यो। मन मिलेपछि अरू केही चाहिँदो रहेनछ। मन मिलेपछि भावना मिल्दै जाँदो रहेछ,’ उनले भने।

Facebook Notice for EU! You need to login to view and post FB Comments!