Sep 23, 2023

प्रिमियर इन्स्योरेन्स बन्यो नेसनल पेमेन्ट स्वीचमा आवद्ध हुने पहिलो निर्जीवन बीमा कम्पनी

Dec 23 , 2021

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको आन्तरिक भुक्तानी प्रणाली नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) को नेसनल पेमेन्ट स्वीचमा जोडिएको छ ।

योसँगै प्रिमियर इन्स्योरेन्स, एनसीएचएलको नेसनल पेमेन्ट स्वीच अन्तर्गतको नेसनल पेमेन्ट इन्टरफेस (एनपीआई) प्रणालीमा आवद्ध हुने पहिलो निर्जीवन बीमा कम्पनी बनेको छ ।

भुक्तानी कारोबारलाई सहज बनाउने उद्देश्यसहित हालै यी दुई संस्थाबीच एक सम्झौता भएको छ । सम्झौता पत्रमा प्रिमियर इन्स्योरेन्सका तर्फबाट संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत सहदेव तिवारी र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरे ।

यसले कम्पनीको आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएल आईपीएस र कनेक्ट आईपीएस प्रणालीसँग जोडी इन्स्योरेन्स दाबी भुक्तानी, क्रेडिट नोट भुक्तानी, एजेन्ट कमिसन, सर्भे पेमेन्ट, तलब, भेण्डर भुक्तानी लगायत आफ्नो लगानीसम्बन्धी कारोबारहरु आवद्ध भएका बैंक खाताबाट सोझै गर्न सक्नेछ ।

यसले प्रिमियर इन्स्योरेन्सलाई आफ्ना विभिन्न खाताबाट भुक्तानी कारोबार सहजै आफ्नो अपरेटिङ खातामा सार्न पनि मद्दत पुग्ने बताइएकाे छ । यी सबै कारोबार सोझै इन्स्योरेन्स कम्पनी तथा लाभग्राहीका बैंक खाताबाट हुनेछन् ।

यसरी एनपीआईमा जोडिएपछि प्रिमियर इन्स्योरेन्सका सम्पूर्ण भुक्तानी पूर्ण स्वचालित रुपमा हुनुका साथै हिसाब मिलान गर्न पनि सजिलो हुनेछ ।

एनपीआईसँग गरिने उक्त साझेदारीमा प्रिमियर इन्स्योरेन्सको सफ्टवेयर पार्टनर अर्हान्त सोलुसन्स प्रा. लि.को पनि महत्वपूर्ण भूमिका रहेको छ, जसले प्रिमियर इन्स्योरेन्स लगायत १७ अन्य र्निजीवन बीमा कम्पनीलाई कोर प्रणाली प्रदान गर्दै आएको छ ।

प्रिमियर इन्स्योरेन्स लगायत ३० भन्दा बढी लाइफ तथा नन-लाइफ इन्स्योरेन्स कम्पनीका बीमितहरुले आफ्नो बीमा प्रिमियम शुल्क अनलाइनमार्फत कनेक्ट आईपीएसबाट भुक्तानी गर्दै आएका छन् ।

साथै ७ लाइफ इन्स्योरेन्स कम्पनीहरुयस अघि नै एनपीआईमा आवद्ध रहेका छन् ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!