Mar 17, 2023

भारतकी हरनाज संधूले जितिन् ‘मिस युनिभर्स २०२१’ को उपाधि

Dec 14 , 2021

भारतीय सुन्दरी हरनाज संधूले ‘मिस युनिभर्स २०२१’ को उपाधि जितेकी छन्।

इजरायलमा भएको ७० औं ‘मिस युनिभर्स २०२१’ मा संधूले उपाधि हात पारेकी हुन्।

उनलाई गत वर्षकी मिस युनिभर्स मेक्सिकन मोडल एन्ड्रिया मेजाले ‘मिस युनिभर्स’को ताज लगाइदिइन्।

मिस युनिभर्सको विश्व प्रतिस्पर्धामा नेपालको तर्फबाट मिस युनिभर्स नेपाल’ सुजिता बस्नेतले सहभागिता जनाएकी थिइन्।सुजिताले नेपालको चिनारी झल्कने कस्ट्युम प्रस्तुत गरेकी थिइन्।

Facebook Notice for EU! You need to login to view and post FB Comments!