कांग्रेस १४ औं महाधिवेशनः २७ जनाले लिए उम्मेदवारी फिर्ता (नामावलीसहित)
Dec 12 , 2021

मकालु- नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको २७ जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार आइतबार साढे १२ बजेसम्मका लागि उम्मेदवारी फिर्ताको समय तोकिएको थियो । उक्त अवधिमा २७ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् । निर्वाचन समितिले आजै उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने छ ।
प्रारम्भिक तथ्याङ्क अनुसार १ सय ३४ पदका लागि ५ सय ४८ जनाको उम्मेदवारी परेको थियो । त्यसमध्ये सबैभन्दा बढी केन्द्रीय सदस्यको खुल्लातर्फ सबैभन्दा बढी उम्मेदवारी रहेको छ । जम्मा ३५ खुल्ला केन्द्रीय सदस्यमा १ सय १० जनाको दाबी रहेको थियो ।
यी हुन् उम्मेदवारी फिर्ता लिनेहरुः
जंगीलाल रामसंजयकुमार यादवगोविन्दराज बोहोरामीन विश्वकर्मा (दलित, खुल्ला)सीताराम महतो (मधेशी कोटा)जुनाकुमारी बानी (खस आर्य,महिला)युवराज गुरुङ (जनजाती)दीपक अधिकारी (खस आर्य)भीमार्जुन आचार्यइन्दिरा थापागणेशकुमार मण्डल (मधेशी)तिना पौडेल (महिला)भक्त बहादुर बलामीमाया राना (जनजाति, महिला)राजुराज जोशीगोपिलाल विश्वकर्मामिनाकुमारी थापाविष्णु पौडेलअनु गुरुङसकुन्तला शर्मामहेशकुमार कोमोचासिंहबहादुर रानासंगीता मण्डलसीता पौडेलकमलप्रसाद भुसालउमेशकुमार बस्नेत
माधवप्रसाद आचार्य
Facebook Notice for EU!
You need to login to view and post FB Comments!