नेतृत्वमा को पुग्नेभन्दा पनि कस्तो कांग्रेस बनाउने भन्ने महत्वपूर्ण छ: शेखर कोइराला
Dec 03 , 2021

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेतृत्वमा को पुग्नेभन्दा पनि कस्तो कांग्रेस बनाउने भन्ने महत्वपूर्ण हुने बताएका छन्।
उनले महाधिवेशन र प्रदेश सभा क्षेत्रीय प्रतिनिधिलाई नेतृत्व चयन गर्दा विवेक पुर्याउन पनि आग्रह गरेका थिए।
‘को नेतृत्वमा पुग्छभन्दा पनि कस्तो कांग्रेस निर्माण गर्ने भन्ने गहन जिम्मेवारी प्रतिनिधि साथिहरूको विवेकमा भरपर्छ,’ प्रदेश १ को अधिवेशन उद्घाटन समारोहमा आज विराटनगरमा कोइरालाले भने।
उनले पार्टीलाई गतिशील बनाउन र ऊर्जाशील बनाउन नयाँ पुस्ता र विचारसमेत आवश्यक पर्ने बताए।
Facebook Notice for EU!
You need to login to view and post FB Comments!