विष्णु पौडेल र म एउटै पदमा उम्मेदवार बन्दैनौं: शंकर पोखरेल (भिडिओ)
Nov 26 , 2021

नेकपा एमालेको दशौँ महाधिवेशनमा महासचिवका उम्मेदवारका रूपमा हेरिएका शंकर पोखरेलले आफूले विष्णु पौडेलसँग एउटै प्रतिष्पर्धा नगर्ने बताएका छन्।
इमेज टेलिभिजनको कार्यक्रम हट सिटमा जगदिश खरेलसँगको अन्तर्वार्तामा एमाले उपमहासचिव समेत रहेका पोखरेलले एउटै पदमा दुबैजना उम्मेदवार नबन्ने बताएका हुन्।
‘हामी सँधै मिलेर काम गरिराखेका छौँ’, पोखरेलले भनेका छन्, ‘त्यसमा असमझदारी होला भन्ने लागदै लाग्दैन।’
एमालेको महासचिव पदमा विष्णु पौडेल र शंकर पोखरेल आकांक्षी छन्। दुवै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निकटका नेता हुन्।
दुवै नेताले महासचिवमा दाबेदारी गरेपनि ओलीले दुईमध्ये एकलाई उपाध्यक्ष बनाएर सहमतिको प्रयास गरिरहेका छन्।
एमालेको दशौँ महाधिवेशन आजदेखि चितवनमा सुरु हुदैँछ। आज महधिवेशनको उद्घाटन हुनेछ। भोलिदेखि महाधिवेशनको बन्दसत्र सुरु हुनेछ।
भिडिओ:
Facebook Notice for EU!
You need to login to view and post FB Comments!