Sep 28, 2023

मैले गरेको काम बाट देउवा सरकारले जश लिन खोज्दैछन्– ओली

Nov 17 , 2021

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री हुँदा चलाएका अभियानको जश वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले लिन थालेको आरोप लाएका छन् ।

नेपालगञ्जमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकारले विकासको लहर ल्याएर विश्वसामू पहिचान बनाएको दाबी  गरे । ‘नेपाल तीव्र ढंगले विकास गर्ने विश्वका १० देशको सूचीमा परेको थियो’ उनले भने, ‘तर, हामीले गरेको विकासविरोधी गठबन्धनलाई मन परेन ।’

‘सुरुङ खनिँदै थियो, विद्युत्को ट्रान्समिसन लाइन बन्दै थियो, पानीका नहर बन्दै थिए’, ओलीले भने, ‘अहिले हामीलाई विकास गर्नबाट रोकिएको छ, तर फेरि पालो आएपछि अधुरा योजना पूरा गर्छौ ।’
नेपालमा आफ्नो सरकारले विद्युत् उत्पादन बढाएकाले अहिलेको सरकारले विद्युत्को खपत बढाउन आग्रह गर्न थालेको भन्दै उनले भने– हामीले गरेका कामको जश लिन होडबाजी गर्दैछ अहिलेको सरकार ।