Mar 22, 2023

देउवालाई प्रधानमन्त्री बनाउन मेहनत गरेँ तर चितवनका कांग्रेसी हामीलाई लखेट्छौं भन्दा रहेछन्: प्रचण्ड

Oct 29 , 2021

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गृह जिल्ला चितवनमा छन्।

चितवनका विभिन्न ठाउँमा आयोजित पार्टीका कार्यक्रमलाई उनले सम्बोधन गरेका छन् भने नेता तथा कार्यकर्ता भेटघाटसमेत गरेका छन्।

यसैबीच प्रचण्ड आज भरतपुर महानगरले आयोजना गरेको शुभकामना आदानप्रदानमा पनि सहभागी रहेका थिए।

उनले त्यहाँ नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताप्रति भने असन्तुष्टि पोखेका थिए।

‘शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन ठूलो मेहनत गरें, चितवनका कांग्रेस खुसी होलान् भन्ठानेको त प्रचण्ड, रेनुलाई लखेट्छौं भन्ने गरेका रहेछन्,’ प्रचण्डले भने।

केही समयअगाडि चितवन कांग्रेसका सभापति जितनारायण श्रेष्ठले माओवादीसँग तालमेल नगरिने बताएका थिए भने आफूहरूले भरतपुर महानगरको मेयरमा रेनुलाई जिताए पनि सन्तोषजनक काम गर्न नसकेको बताएका थिए।

सभापति श्रेष्ठप्रति लक्षित गर्दै प्रचण्डले देउवालाई प्रधानमन्त्री बनाउन मेहनत गर्दा चितवन कांग्रेस खुसी भए भन्ने ठानेकोमा उल्टै लखेट्छौं भन्ने गरेको बताए।