Sep 26, 2023

प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटारमा प्रचण्ड

Sep 29 , 2021

प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार गएका छन्।

प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच मन्त्रिपरिषद विस्तारलगायत समसामयिक विषयमा छलफल भइरहेको छ।

प्रचण्डको सचिवालयका अनुसार केहीबेरदेखि छलफल भएको हो। आजै माओवादीको स्थायी कमिटी बैठक पनि बस्दैछ। को-को मन्त्री बनाउने भन्नेबारे स्थायी कमिटीमा छलफल हुने स्रोतको भनाइ छ।

कांग्रेसका सभापति देउवा असार २९ मा प्रधानमन्त्री बने पनि मन्त्रिपरिषदलाई पूर्णता दिएका छैनन्।

मन्त्रिपरिषदमा कांग्रेसका तीन मन्त्री र एक राज्यमन्त्री छन् भने माओवादीका दुई मन्त्री छन्।गठबन्धनमा रहेका चार दलबाट मन्त्री समावेश गरेर मन्त्रिपरिषदलाई पूर्णता दिने तयारीमा प्रधानमन्त्री देउवा छन्।

Facebook Notice for EU! You need to login to view and post FB Comments!