Sep 28, 2023

एनएमबिको मुद्घती निक्षेपमा ९.५२ ब्याज

Sep 29 , 2021

एनएमबि बैंक लिमिटेडले बैंकको मुद्धती निक्षेपमा ९.५२% को आकर्षक योजना सार्वजनिक गरेको छ ।  नयाँ योजना अन्तर्गत बैंकले सर्वसाधारण ग्राहकलाई  मुद्घतीमा ९.५२% वार्षिक ब्याजदर (०.५ % प्रिमियमसहित) प्रदान गर्नेछ ।

एनएमबि बैंकमा खाता नभएको ग्राहकहरुले भिडीयो केवाईसी एक भिडियो कलमा आधारित प्रविधि मार्फत ५ मिनेटमै देश वा विदेशमै रही खाता खोली कारोबार गर्न सक्नेछन् । भिडीयो केवाईसी मार्फत ग्राहकहरुले अनलाईन खाताको शुरु देखी अन्त्यसम्मको प्रक्रिया बैंकसम्म नधाईकनै डिजिटल रुपमा सम्पन्न गर्न सक्नेछन् ।

ग्राहकहरूले एनएमबिमा भिडियो कल मार्फत नयाँ खाता खोल्न यस डिजिटल सेवाप्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू अपडेट गर्न सक्दछन् ।
VKYC को लागी डिजिटल लिन्क यस प्रकार रहेको छः  https://vcc.nmb.com.np

बैंकले देशभरीका १८१ शाखाहरुका साथै १३७ एटिएमहरु, ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।