Sep 28, 2023

उपत्यकामा थप ३३५ मा कोरोना पुष्टि

Sep 29 , 2021

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा २६५, भक्तपुरमा २८ र ललितपुरमा ४२ जना संक्रमित थपिएका हुन् । यस्तै पछिल्लो २४ घण्टामा देशभर १ हजार १५७ जना संक्रमित थपिएका छन् भने ८ जनाले ज्यान गुमाएका छन् । बुधबार १ हजार ११३ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर १८ हजार १९३ जना सक्रिय संक्रमित रहेका छन् ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!