Oct 26, 2021

सेयर बजारमा ७० अंकको पहिरो, सबै समूह राताम्मे

Sep 28 , 2021

मंगलबार सेयर बजारमा ७० अंकको पहिरो गएको छ। सो अंकको गिरावटसँगै परिसूचक २६१५ अंकमा कायम भएको छ। यसअघि सोमबार ७३ अंकले घटेको थियो।

त्यस्तै आज कारोबार रकम भने सामान्य बढेको छ। सोमबार ५ अर्ब १२ करोडको सेयर किनबेच भएकोमा आज ५ अर्ब ७४ करोड पुगेको छ।

यस दिन सबै समूहहरु घटेका छन्। बैंकिङ ३६, विकास बैंक १५४, फाइनान्स १७५, होटल तथा पर्यटन  २४, जलविद्युत १३८, लगानी ३, जीवन बीमा ४३१, उत्पादन ८९, माइक्रोफाइनान्स १११, निर्जीवन बीमा ३२५, अन्य ३१ र ब्यापार समूह ७९ अंकले घटेका छन्।

१० कम्पनीको मूल्य बढ्यो भने १७३ कम्पनीको मूल्य घटेको छ। ३ कम्पनीको मूल्य भने स्थिर रह्यो।

मनकामना स्मार्ट लघुवित्तको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ। सो वृद्धिपछि कम्पनीको मूल्य प्रतिकित्ता १७५३ रुपैयाँ कायम भयो।

मैलुङखोला जलविद्युतको मूल्य पनि १० प्रतिशतले बढ्यो। सो वृद्धिपछि कम्पनीको मूल्य प्रतिकित्ता २४८ रुपैयाँ ८० पैसा कायम भएको छ।

सामान्य मूल्य बढेका कम्पनीहरुमा मेगा बैंक, बोटलर्स नेपाल तराइ, ओरियन्टल होटल, विजय लघुवित्त, स्वाभिमान लघुवित्त, एनआइसी एसिया लघुवित्त, माहुली सामुदायिक लघुवित्त र गणपति लघुवित्त रहेका छन्।

हिमालय पावर पार्टनर, नेपाल हाइड्रो डेभलपर्स, गोर्खाज फाइनान्सको मूल्य १० प्रतिशतले घटेको छ।

त्यस्तै जोशी हाइड्रोपावर, श्री इन्भेष्टमेन्ट फाइनान्स, शिवश्री हाइड्रोपावर, समृद्धि फाइनान्सको मूल्य ९ प्रतिशतभन्दा बढीले घटेको छ।

कारोबारका आधारमा कुमारी बैंक अग्रस्थानमा रह्यो। सो बैंकको १८ करोड ८२ लाख रुपैयाँको किनबेच भयो। हालै गत आर्थिक वर्षको नाफाबाट ६ प्रतिशत बोनस र २.६७ प्रतिशत नगद लाभांश घोषणा गरेको थियो।

त्यस्तै हिमालयन डिस्टिलरी, नेसनल हाइड्रोपावर, आइसिएफसी फाइनान्स र एनआइसी एसिया बैंक कारोबारका आधारमा अगाडि रहे।