काभ्रेका इँटा व्यवसायी लामामाथि विराटनगर अदालतको गेटैमा खुकुरी प्रहार
Sep 26 , 2021

काभ्रेका इँटा व्यवसायी कमानसिंह लामामाथि आइतबार विराटनगर उच्च अदालतको गेटैमा खुकुरी प्रहार भएको छ।
उनीमाथि विराटनगर–६ रामपुरका २५ वर्षीय बिमल कार्कीले खुकुरी प्रहार गरेका हुन्।
उनले खुकुरी प्रहार गर्नुको कारण भने खुलेको छैन। कार्कीले आज मध्यान्ह उच्च अदालतको गेटै अगाडि लामालाई खुकुरी प्रहार गरेर घाइते बनाएका थिए।
घाइते लामा काभ्रेका इँटा व्यापारी भएको प्रहरीले जनाएको छ।
खुकुरी प्रहार गर्ने कार्कीलाई पक्राउ गरेको मोरङ प्रहरी प्रमुख एसपी जर्नादन जिसीले जानकारी दिए।
‘अदालत बाहिर खुकुरी प्रहार भएको रहेको छ,’ उनले भने, ‘घटनामा संलग्नलाई हामीले पक्राउ गरिसकेको छौं।’ यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Facebook Notice for EU!
You need to login to view and post FB Comments!