Mar 17, 2023

एमाले केन्द्रीय कमिटी बैठक बस्दै

Sep 24 , 2021

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्ने भएको छ।पार्टी सचिव शेरबहादुर तामाङका अनुसार

शुक्रबार बिहान ११ बजे केन्द्रीय कमिटी बैठक सुरू हुनेछ।

विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव, विधान संशोधन प्रस्ताव छलफल तथा पारित गर्न केन्द्रीय कमिटी बैठक बस्न लागेको हो।

बैठक तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बस्नेछ। केन्द्रीय कमिटी बैठक शनिबारसम्म चल्नेछ।

एमालेले यही असोज १५ देखि १७ गतेसम्म गोदावरीमा विधान महाधिवेशन गर्दैछ।