Oct 26, 2021

ग्यास चुहिएर आगलागी हुँदा घाइते भएका खनाल दम्पतीको उपचारका क्रममा मृत्यु

Sep 21 , 2021

खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा जलेर घाइते भएका झापाको अर्जुनधारा वडा नम्बर ७ का एक दम्पतीको मृत्यु भएको छ।गम्भीर घाइते रोम खनाल र दुर्गा खनालको उपचारका क्रममा सोमबार मृत्यु भएको हो। उनीहरूको सोमबार

साँझ दुई घन्टाको अन्तरमा मृत्यु भएको स्थानीय कमल पोखरेलले जानकारी दिए।

आगलागीमा परेर उनीहरूका छोरा पंकज खनाल पनि घाइते छन्। उनको स्वास्थ्य अवस्था भने सामान्य छ।

गत भदौ २६ गते उनीहरूको घरको भान्सामा ग्यास चुहिँदा आगलागी भएको थियो। खनाल दम्पतिको शरीर आगोले जलेको थियो। तीनै जनाको कीर्तिपुर अस्पतालमा उपचार गरिएको थियो।

आगलागीबाट खनालको घर पनि जलेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको