Oct 26, 2021

ओलीसँग भेटेपछि मन्त्री कार्कीले भने- बजेट कार्यान्वयनमा आउँछ

Sep 17 , 2021

कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चालु आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेट नरोकिने बताएका छन्। विराटनगर विमानस्थलमा आज पत्रकारहरूसँग कुराकानी गर्दै उनले संसदमा देखिएको गतिरोध

राजनीतिक सहमतिका आधारमा समाधान भई बजेट कार्यान्वयन हुने विश्वास व्यक्त गरेका छन्।

मन्त्री कार्कीले असोज ४ गते बस्ने संसद्को बैठक सञ्चालनका लागि प्रमुख प्रतिपक्ष दलका नेता एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बिहीबारै छलफल भएको पनि बताए।

अत्यावश्यक अध्यादेश पारित गर्न सहयोग गर्न आग्रह गरिएको उनको भनाइ थियो।

उनले मुलुकमा दीगो शान्ति र समृद्धिका निम्ति सहमति र सहकार्य आवश्यक भएको बताए। साथै उनले एमसिसी विकास परियोजना भएकाले यसलाई राजनीतिकरण गर्न नहुने बताए।