Mar 27, 2023

नयाँ दल दर्ता गरेपछि रामकुमारी झाँक्रीले भनिन्- पार्टी एकताको सम्भावना अझै टरेको छैन

Aug 18 , 2021

नेकपा एमाले समाजवादीकी नेता रामकुमारी झाँक्रीले पार्टी एकताको सम्भावना अझै कायमै रहेको बताएकी छन्।

नयाँ दल दर्ता भए पनि नेकपा एमालेसँग एकता हुन सक्ने उनले बताइन्।

चुनाव अगाडि वा पछि पनि दल एकता हुन सक्ने उनको भनाइ छ।

‘दुइटा पार्टीको स्टाटसमा पार्टी एकता हुन सक्ने सम्भावना जहिले पनि रहन्छ,’ उनले भनिन्, ‘विवादहरू हल भए भने पार्टी एकता हुन्छ, सम्भावना टरेको छैन। नयाँ पार्टी दर्ता भइसके पनि दुई पार्टीबीच एकता हुन्छ।’

आज नयाँ पार्टी गठनका लागि निर्वाचन आयोगमा पुगेकी झाँक्रीले पत्रकारहरूसँग कुराकानी गर्दै आफूहरू अझै सिंगो एमालेकै पक्षमा रहेको पनि बताइन्।

 

पार्टीले आयोगबाट मान्यता पाएपछि पार्टीको पूर्ण आकार देखिने बताएकी छन्। अहिले दर्ता प्रक्रियाका लागि मात्रै आयोगमा आएको उनले बताइन्।

उनले पार्टी निर्माण भएपछि सरकारमा सहभागी हुनेबारे निर्णय गरिने बताइन्। ‘पार्टी दर्ताको प्रक्रिया छ। यो पूरा भएपछि सरकारमा जानेबारे पार्टीले निर्णय गर्ला,’ उनले भनिन्।

आज निर्वाचन आयोगमा माधवकुमार नेपालको नेतृत्वमा एमाले समाजवादी पार्टी दर्ता भएको छ। उक्त पार्टीको वरिष्ठ नेता झलनाथ खनाल छन् भने ९५ जना केन्द्रीय कमिटी सदस्य छन्।