आज ४: १५ बजे राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने
Aug 13 , 2021

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८/७९ का लागि आज मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ।
राष्ट्र बैंकका अनुसार अपरान्ह ४ बजे मौद्रिक नीति सार्वजनिक हुने भएको हो।
कोरोना महामारीका कारण समस्यामा परेको अर्थतन्त्र र सरकारले लिएको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट समेतलाई सहयोग पुग्ने गरी राष्ट्र बैंकले मौद्रिक नीति ल्याउने छ ।गत आर्थिक वर्षको मौद्रिक नीति साउन २ गते सार्वजनिक भएको थियो । तर, चालु आर्थिक वर्षको मौद्रिक नीति ल्याउने समयमा सरकार परिवर्तन भएपछि मौद्रिक नीति ढिलो सार्वजनिक हुन लागेको हो ।
Facebook Notice for EU!
You need to login to view and post FB Comments!