डाक्टरसहित कर्मचारीमा कोरोना देखिएपछि बाँकेको सुशील कोइराला अस्पताल एक साता बन्द
Apr 25 , 2021

बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ।
अस्पतालमा कार्यरत कर्मचारीको पिसिआर परीक्षण गर्दा ९० प्रतिशत डाक्टर, स्टाफ नर्स, प्रशासनिक कर्मचारीमा पोजेटिभ देखिएको छ।
अस्पताल प्रशासनले शनिबार सूचना निकालेर आजदेखि वैशाख १८ गतेसम्म इमरजेन्सीबाहेक सेवा बन्द गर्ने उल्लेख गरेको छ।
बिरामीलाई पर्न गएको असुविधाप्रति अस्पतालले क्षमा मागेको छ।
पछिल्लो समय बाँकेमा कोरोना संक्रमित बढेका छन्।
सूचना हेर्नुस्:
Facebook Notice for EU!
You need to login to view and post FB Comments!