एकैदिन १३ सयले बढ्यो सुनको मूल्य
Apr 21 , 2021

बुधबार सुनको मूल्य एकैदिन १३ सयले बढेर तोलाकै ९२ हजार पुगेको छ। अघिल्लो दिन सुन ९० हजार ७ सयमा कारोबार भएको थियो।
चार दिनदेखि १३ सय रुपैयाँमा स्थिर रहेको चाँदीको मूल्य पनि १० रुपैयाँले बढेको छ। आज चाँदी १३ सय १० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ८३ अमेरिकी डलरमा कायम छ।
Facebook Notice for EU!
You need to login to view and post FB Comments!