Sep 26, 2023

वायु प्रदूषणबारे छलफल गर्न गगन थापालगायत चार सांसदले दर्ता गरे सार्वजनिक महत्वको प्रस्ताव

Apr 19 , 2021

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूले वायु प्रदूषण बढेको भन्दै यसबारे छलफल गर्न संसदमा जरूरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका छन्।

सांसद गगन थापाले विगत केही समयदेखि काठमाडौं उपत्यकालगायत देशका विभिन्न ठाउँमा वायु प्रदूषणले विकराल रूप लिएकोले यसबारे छलफल गर्न जरूरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको बताए।

वायु प्रदूषण न्युनिकरण गर्न तत्काल गर्नुपर्ने काम र दीर्घकालीन रूपमा गर्नुपर्ने तयारी तथा पहल कदमीबारे छलफल गर्न काठमाडौं उपत्यकाका जनप्रतिनिधिका रूपमा चार सांसदले उक्त प्रस्ताव दर्ता गरेका हुन्।

सांसद थापाले मंगलबार बस्ने संसद बैठकमा यस प्रस्तावबारे महत्वपूर्ण छलफल हुने विश्वास पनि व्यक्त गरेका छन्। वायु प्रदूषणको विषय प्राथमिकतामा राखेर छलफल सुचारू हुने थापाको विश्वास छ।

थापासहित सांसदहरू भिमसेनदास प्रधान, राजेन्द्रकुमार केसी र जीवनराम श्रेष्ठले वायु प्रदूषणबारे उक्त प्रस्ताव संसदमा आइतबार दर्ता गरेका हुन्। थापाले दर्ता गरेको प्रस्तावमा प्रधान, केसी र श्रेष्ठ समर्थक छन्।वायु प्रदूषण न्युनिकरण र नियन्त्रण गर्नका लागि तत्कालीन र दीर्घकालीन समाधानका उपायहरू खोजी सो को प्रभावकारी कार्यान्वयन गर्न संसदले सरकारलाई निर्देशन दिन अपरिहार्य भएकोले सार्वजनिक महत्वको प्रस्ताव पेश गरेको सांसद थापाले बताए।

Facebook Notice for EU! You need to login to view and post FB Comments!