Sep 26, 2023

बालुवाटारमा एमाले केन्द्रीय कमिटी बैठक बस्दै, नेपाल समूह नजाने

Apr 19 , 2021

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी एमालेको केन्द्रीय कमिटी बैठक आज प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ। एमाले अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि आजका लागि बैठक डाकेका थिए।

ओलीले डाकेको केन्द्रीय कमिटी बैठकमा नेता माधवकुमार नेपाल समूहका सदस्यहरू भने सहभागी नहुने भएका छन्।

नेपालनिकट केन्द्रीय सदस्य निरज आचार्यले ओलीले विधानविपरीत काम गरिरहेकाले उनले डाकेको बैठकमा आफूहरू सहभागी नहुने बताए।

‘महाधिवेशन आयोजक कमिटीको बैठक रहेछ, हामीलाई त्यो कमिटी बनाएको नै थाहा छैन। विधानविपरीत भइरहेका काममा हामी जाँदैनौं,’ आचार्यले भने।

पछिल्लो समय एमालेमा आन्तरिक विवाद चुलिएको छ। कर्णाली प्रदेशमा नेपाल पक्षका चार जना सांसदहरूले फ्लोर क्रस गरेर माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीको सत्ता जोगाइदिएपछि ओली समूह क्रुद्ध बनेको छ। नेपाल समूहले भने कर्णालीको घटना अरू प्रदेश र केन्द्रमा पनि दोहोरिन सक्ने  बताएको छ।

केही समयअघि अध्यक्ष ओलीले नेता नेपालसहित उनी पक्षीय केही नेताहरूलाई पार्टीबाट निलम्बन गरेका थिए।

अध्यक्ष ओलीले गत फागुन २३ गतेपछि एकलौटी रूपमा गरेका निर्णय खारेजी माग गर्दै खनाल-नेपाल समूहले  आइतबार निर्वाचन आयोगमा पत्र बुझाएको छ।

अध्यक्ष ओलीले विधानविपरीत निर्णय गरेको र त्यो खारेजयोग्य भएको भन्दै ८ पाने पत्र बुझाएको हो। आयोगमा पत्र बुझाउन आइतबार नेताहरु बेदुराम भुसाल र राजेन्द्र पाण्डे पुगेका थिए।

Facebook Notice for EU! You need to login to view and post FB Comments!