Sep 24, 2023

सिंहदरबारभित्रै नासुहरूको आन्दोलन (तस्बिरहरू)

Apr 15 , 2021

नायव सुब्बा (नासु) हरूले सिंहदरबारभित्र आन्दोलन गरेका छन्।

विभिन्न माग राखेर उनीहरूले बिहीबार शान्तिपूर्ण आन्दोलन गरेका हुन्।उनीहरूले ‘गिराएर मनोबल कस्तो खोजेको प्रतिफल?’ जस्ता कुराहरू लेखेको प्लेकार्ड बोकेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि प्रदर्शन गरेका हुन्।

प्रदर्शन गरेकामध्ये चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

यस्तो छ नासुहरूको माग:

१. रा.प. तृतीय श्रेणी शाखा अधिकृतसरहको पदपूर्तिमा ५० प्रतिशत खुल्ला, ३० प्रतिशत बढुवा र २० प्रतिशतमा आन्तरिक प्रतिस्पर्धाको व्यवस्था हुनुपर्ने। तर  कुनै पनि साविकको पदबाट अधिकतम १२ बर्षसम्म पनि बढुवा नभएमा स्वतः बढुवा प्रणालीबाट पदपूर्ति गरेर मात्र खुलातर्फ विज्ञापन गर्नुपर्ने। यो व्यवस्था संघीय निजामती सेवाबाट प्रदेश तथा स्थानीय तहमा समायोजन भई गएका निजामती कर्मचारीको हकमा पनि लागू हुनुपर्ने।२. निजामती सेवामा प्रवेश गरिसकेका कर्मचारीलाई निजामती सेवाको पदपूर्ति हुने कुनै पनि परीक्षामा भाग लिन उमेर हद नलाग्ने र कुनै पनि निजामती कर्मचारीले खुल्ला प्रतिस्पर्धाबाट लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरेमा अघिल्लो पदको सेवा अवधिसमेत जोड्न पाउने विद्यमान निजामती सेवा ऐन, द्दण्द्धढ को व्यवस्था कायम हुनुपर्ने।

३. रा.प. प्रथम र रा.प. द्वितीय श्रेणीको  खुल्लामा प्रतिस्पर्धा गर्न सम्बन्धित पदको लागि आवश्यक न्यूनतम शैक्षिक योग्यता भएको र निजामती सेवाको राजपत्र अनंकित पदमा रहेर ७ र ५ वर्ष काम गरेको भए योग्य हुन पाउनुपर्ने।

४. सबै तहमा श्रेणीगत वा तहगत एउटै व्यवस्था हुनुपर्ने।

५. सरुवा प्रणाली चक्रीय र पूर्वानुमानयोग्य हुनुपर्ने।

Facebook Notice for EU! You need to login to view and post FB Comments!