वर्षमान पुनले मागे प्रधानमन्त्रीको राजिनामा

रोल्पा । माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुनले प्रधानमन्त्री ओलीको राजीनामा मागेका छन् ।
बुधबार रोल्पाको सुलिचौर प्रथम सुनिल स्मृति गाउपालिका अध्यक्षकप खेलकुद प्रतियोगितालाई सम्बोधन गर्दै निवर्तमान ऊर्जामन्त्री समेत रहेका नेता पुनले प्रधानमन्त्री ओलीको राजिनामा माग गरेका हुन् ।
‘अलिकती पनि नैतिकता छ भए तत्काल राजीनामा दिन देउ । मैले जनतामा जाने संकल्प गरे । मैले गरेको संसद विघटन सर्वोच्च अदालतले अवैधानिक ठहर गर्यो, मेरो लाईन ताजा जनमत लिने जनतामाँझ गएर थियो त्यो फेल भयो, जनता सडकमा आए, प्रतिनिधिसभाको दुई वर्षको कार्यकालमा भएका केही संसदीय गतिविधिका जिम्मा म लिन्छु भन्नुु्होस्। तपाईका अहिलेका कमजोरी, अहिलेको आलोचना रातारात पखालीने छ । तपाईंको व्यक्तित्व अग्लिने छ ।’ नेता पुनले भने ।
नेता पुनले प्रधानमन्त्री ओली विकास, राजनीति र सुशासनको गन्तव्यबाट विमुख भएको टिप्पणी गरेका छन् ।
प्रधानमन्त्रीमा कामको प्राथामिकता छुट्याउने र सोही अनुसार काम गर्ने क्षमता नरहेको उनको भनाई थियो ।नेता पुनले केही दिनपछि प्रधानमन्त्री हटाइनुभयो र नयाँ गठवन्धन बन्यो भनेर सुन्न पाईने दावी समेत गरे ।
यस्तै नेता पुनले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको राजिनामा माग समेत गरेका छन् ।