कांग्रेसले फेरि थप्यो क्रियाशील सदस्यता वितरण गर्ने समय
Apr 04 , 2021

नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण र नवीकरणका लागि समय थप गरेको छ।
यसअघि चैत १० गतेभित्र क्रियाशील सदस्यता वितरण गरिसक्ने गरी कार्यतालिका बनाएको कांग्रेसले ९ जिल्लाले क्रियाशीलको काम नै नगरेपछि समय थपेको छ।
शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले क्रियाशील सदस्यता वितरण गर्न समय थपेको हो।
जिल्लाले चैत ३० भित्र क्रियाशील वितरण गरी केन्द्रमा विवरण पठाउनुपर्नेछ।
यस्तै वैशाख १० गतेभित्र क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिमा परेका उजुरी उपर छानविन गरी निर्णय गर्ने समय छ।
क्रियाशील सदस्यताको अन्तिम सूची सभापति शेरबहादुर देउवालाई जेठ १७ भित्र बुझाइसक्नुपर्ने कार्यतालिका बनाइएको कांग्रेसले जनाएको छ।
कांग्रेसले १४ औं महाधिवेशन भदौ ७ देखि गर्ने कार्यतालिका यसअघि नै बनाएको छ।
Facebook Notice for EU!
You need to login to view and post FB Comments!