कोरिया जान चाहने विद्यार्थीले भिसाका लागि आवेदन दिन सक्ने
Apr 02 , 2021

काठमाडौं । नेपालका लागि कोरियन दुताबासले भिसा प्रक्रिया खुल्ला गरेको छ । लामो समयको लागि (६ महिना भन्दा बढी) कोरिया जान लागेकाहरुका लागि भिसा प्रक्रिया खुल्ला गरिएको दुताबासले जनाएको छ । विश्व व्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण लामो समयदेखि भिसा आवेदन बन्द थियो ।
बैबाहिक भिसा (कोरियन नागरिकको श्रीमान तथा श्रीमती) र अध्ययन भिसा जारी गर्ने दुताबासले जनाएको छ । २०२१ अप्रिल १ देखि भिसाका लागि आवेदन दिन सकिने दुताबासले जनाएको छ ।
उच्च शिक्षा अध्ययनका लागि कोरिया जान चाहने विद्यार्थीलाई दुताबासको यो निर्णयले सहज भएको छ । उनीहरुले अब कोरिया जानका लागि आवेदन दिनसक्नेछन् ।
Facebook Notice for EU!
You need to login to view and post FB Comments!