Sep 24, 2023

घाँस काट्न गएका सात बालिका/किशोरी सम्पर्कविहीन

Mar 31 , 2021

घाँस काट्न गएका महोत्तरीका *सात जना बालिका/किशोरीहरू सम्पर्कविहीन भएका छन्।

उनीहरू सबै भंगहा नगरपालिका वडा नम्बर ८ स्थित धर्मपुर टोलका हुन्।

११ वर्षीया अर्चना पासवान, १२ वर्षीया सीमा पासवान, १२ वर्षीया रञ्जना पासवान, १३ वर्षीया ज्योति पासवान, १३ वर्षीया रिया पासवान, १७ वर्षीया नगीना पासवान र २० वर्षीया अस्मिता पासवान सम्पर्कविहीन छन्।

उनीहरू मंगलबार अपरान्ह करिब ४ बजेतिर घाँस काट्न निसकेका थिए।

उनीहरू राति ११ बजेसम्म पनि घर नफर्केको नगर प्रमुख सञ्जिवकुमार साहले सेतोपाटीलाई बताए।

‘यसअघि पनि उनीहरू घाँस काट्न जान्थे तर समयमै घर फर्किन्थे,’ उनले भने, ‘राति ११ बजेसम्म फर्किएनन्, खोजी गरिरहेका छौं।’

नेपाल प्रहरीको सहयोगमा स्थानीयहरूले उनीहरूको खोजी गरेका छन्।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी दिनेश आचार्यले सम्पर्कविहीन रहेका बालिका/किशोरीहरूको खोजी गरिरहेको बताए।‘प्रहरी परिचालन गरेर हिजोदेखि नै खोजी गरिरहेका छौं,’ उनले सेतोपाटीसँग भने, ‘अहिलेसम्म फेला पारिएको छैन।’

Facebook Notice for EU! You need to login to view and post FB Comments!