सिंगो गाउँका ४० बढी नेता तथा कार्यकर्ता नेपाली कांग्रेस परित्याग गरी एमालेमा प्रवेश
Mar 28 , 2021

झापा । झापाको मेचीनगर नगरपालिकामा एउटा सिंगो गाउँका ४० बढी नेता तथा कार्यकर्ता नेपाली कांग्रेस परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन्।
मेचीनगर-३ स्थित समायोजन टोलका ४० बढी नेता तथा कार्यकर्ता नेपाली कांग्रेस परित्याग गरी एमालेमा प्रवेश गरेका हुन्।
नेकपा एमालेका केन्द्रीय सदस्य एवम् झापा जिल्ला अध्यक्ष चिन्तन पाठकले भने,‘नेपाली कांग्रेसका क्रियाशील सदस्यसमेत रहेका युवा नेता कुमार भट्टराईको नेतृत्वमा उनीहरू कांग्रेस परित्याग गरी एमालेमा प्रवेश गरेका हुन्। भट्टराईको नेतृत्वमा गाउँकै पुराना कांग्रेसका कार्यकर्ता पुण्य गौतम, टेकेन्द्र कोइराला, कुमार कार्की, दुर्गा थपलिया, इन्द्र बुढाथोकीलगायतका ४० बढी एमालेमा प्रवेश गरेका हुन्।’
उनीहरू आफ्नो पार्टी नेपाली कांग्रेस परित्याग गर्दै एमालेको औपचारिक कार्यक्रम मार्फत पार्टी प्रवेश गरेका हुन्।
Facebook Notice for EU!
You need to login to view and post FB Comments!