Oct 25, 2021

लोकसेवाका पदाधिकारीको कार्यकाल सकियो, नयाँ नियुक्तिमा अन्यौल

Mar 24 , 2021

लोक सेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनाली लगायतको कार्यकाल सकिएसँगै आयोग पदाधिकारीविहीन भएको छ।

अध्यक्ष मैनालीसहित चार जना सदस्यको ६ वर्षे कार्यकाल मंगलबार सकिएको छ।

सदस्यहरू विन्द्रा हाडा भट्टराई, अशोककुमार झा, ब्रम्हादेव राय, कृष्णचन्द्र झाको पनि कार्यकाल सकिएको हो।

मैनालीसहितको कार्यकाल सकिएको र नयाँ पदाधिकारी नियुक्ति गर्न ढिलाइ हुँदा आयोग पदाधिकारीविहीन बनेको छ।

आयोगमा नयाँ पदाधिकारी नियुक्ति गर्न संवैधानिक परिषदबाट सिफारिस गरेर संसदीय सुनुवाइबाट अनुमोदन गर्नुपर्ने नियम छ।

संवैधानिक परिषद सम्बन्धी अध्यादेश सरकारले प्रतिनिधि सभा बैठकमा टेबुल गरेको छ।

उक्त अध्यादेश फिर्ता लिन प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले माग गरिरहेको छ। प्रमुख प्रतिपक्षी दलको नेताविनै बैठक बसेर निर्णय गर्न सक्ने गरी प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याएका थिए।

आयोग पदाधिकारीविहीन हुँदा कामकारवाहीमा असर परेको छ। परीक्षा र नतिजा निकाल्ने काम कहिले रोकिएका छन्।

कार्यतालिकाअनुसार हुनुपर्ने विज्ञापन पनि रोकिएको स्रोत बताउँछ।

आयोगले सूचना निकाले वैशाख ६ र ११ गतेका लागि तोकिएको खरिदार वा सोसरह पदको परीक्षा स्थगित गरिसकेको छ।

आयोगले सरकारी तथा अर्धसरकारी कार्यालयले माग गरेअनुसार परीक्षामार्फत् कर्मचारी छनौट गरी पठाउने गर्छ।