Sep 24, 2023

९ जिल्लाले मानेन कांग्रेसको निर्देशन, क्रियाशील सदस्यता वितरण नै गरेनन्

Mar 23 , 2021

क्रियाशील सदस्यता वितरण र नवीकरण गरी त्यसको विवरण नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा आजसम्म पठाइसक्नु पर्ने भए पनि ९ जिल्ला कार्यसमितिले यो काम सुरू नै गरेका छैनन्।

१४ औं महाधिवेशन कार्यतालिका नै प्रभावित हुने भए पनि सप्तरी, सिरहा, धनुषा, बारा, रसुवा, बर्दिया, बाँके, रूकुम पूर्व, डोल्पा जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता वितरण तथा नवीकरणका काम नगरेका हुन्।

कांग्रेस केन्द्रले पटकपटक क्रियाशील वितरण र नवीकरणका काम समयभित्रै सक्न भने पनि ९ जिल्ला कार्यसमितिले अटेरी गरेका छन्।

कांग्रेस बर्दियाका सभापति सञ्जय गौतमले नवीकरणका काम भर्खरै थालनी गरे पनि नयाँ सदस्यता वितरण सुरू नभएको बताए।

‘समायोजनकै काम बाँकी छ। लोकतान्त्रिक फोरमसँग भएका समायोजनका काममा विवाद देखिएका छन्,’ उनले

कांग्रेसमा वडादेखि केन्द्रसम्म पार्टीका संरचना गठन र निर्माणमा क्रियाशील सदस्यको भूमिका रहन्छ। क्रियाशील सदस्यले वडा कार्यसमिति बनाउँछन् भने वडाबाटै आएका क्षेत्रीय प्रतिनिधिले महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य बनाउँछन्।

महाधिवेशन प्रतिनिधि नै प्रदेश र केन्द्रीय अधिवेशनका लागि मतदाता हुन्छन्।

अहिले कांग्रेसमा पाँच लाख हाराहारी क्रियाशील सदस्य छन्। पुराना क्रियाशीलको नवीकरण गर्ने र पाँच लाख हाराहारी नै नयाँ क्रियाशील थप गर्दा १० लाख क्रियाशील सदस्य पुग्ने कांग्रेसको अनुमान छ।

कांग्रेसले २०७ ठाउँबाट सफ्टवेयरमा क्रियाशीलको विवरण इन्ट्री गर्ने भने पनि १३८ ठाउँबाट मात्रै इन्ट्री भइरहेको छ। सोमबार दिउँसो २ बजेसम्म तीन लाख ९२ हजारभन्दा बढी क्रियाशीलको विवरण इन्ट्री भइसकेको छ।

यसमा एक लाख ८० हजार जति क्रियाशील नयाँ छन्।

क्रियाशीलको विवरण केन्द्रमा पठाउन ढिला हुँदा महाधिवेशन कार्यतालिका नै प्रभावित बनेको छ। कांग्रेसले भदौ ७ देखि १० सम्म महाधिवेशन गर्ने यसअघि नै घोषणा गरेको थियो।

सभापति शेरबहादुर देउवाको नियमित कार्यकाल गत वर्ष फागुन १९ मै सकिएको थियो। उनले एक वर्ष म्याद थपेका थिए। गत फागुन १९ मा म्याद सकिएपछि देउवाले संविधानको सहारा लिएर छ महिना म्याद थपेका छन्।

भने, ‘केन्द्रले अहिलेसम्म विवाद हल गरिदिएको छैन।’

यी जिल्लामा क्रियाशील सदस्यता वितरण तथा नवीकरणका काम गर्न अब म्याद थप गर्नुपर्ने भएको छ। यसबारे निर्णय लिन कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठक सोमबार बसेको थियो।

केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिका संयोजकसमेत रहेका केन्द्रीय सदस्य रमेश लेखकले ६८ जिल्लाबाट क्रियाशील सदस्यको विवरण सफ्टवेयरमा इन्ट्री गर्ने काम भइरहेको बताए।

‘९ जिल्लामा क्रियाशील सदस्यताको काम सुरू नै भएको छैन,’ उनले भने। के कारणले यी जिल्लामा सदस्यताका काम सुरू नभएको भन्ने उनले खुलाएनन्।

Facebook Notice for EU! You need to login to view and post FB Comments!