तोकिएभन्दा बढी भार बोक्ने सवारी साधनलाई चैत १५ देखि कारवाही गरिने
Mar 17 , 2021

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत यातायात व्यवस्था विभागले तोकिएभन्दा बढी भार बोक्ने सवारी साधनलाई कारवाहीको दायरामा ल्याउने बताएको छ।
सवारी साधनको भारवहन नियमन र नियन्त्रण गर्ने कार्ययोजना अनुसार चितवनको आपटारी र महोत्तरीको बर्दिवासमा तौलपुल निर्माण भई सञ्चालनमा आइएकोले विभागले जनाएको छ।
चैत १५ गतेपछि सवारी साधनहरूले तोकिएभन्दा बढी भार बोकी सडकमा सञ्चालन गरेको पाइएमा सम्बन्धित स्थानमा नै सवारी साधनबाट सामग्री झारिने र यसबाट पर्ने नोक्सानीको जिम्मेवार व्यवसायी नै हुने विभागको भनाइ छ।
Facebook Notice for EU!
You need to login to view and post FB Comments!