Sep 23, 2023

कांग्रेसको सभापति, उपसभापतिमध्ये एक पदमा अनिवार्य महिला राख्न माग

Mar 15 , 2021

नेपाली कांग्रेसअन्तर्गत केन्द्रीय महिला विभागले पार्टीका सभापति वा उपसभापतिमध्ये एक पदमा अनिवार्य महिला राख्न माग गरेको छ।

हरेक ठाउँमा हस्तक्षेपकारी भूमिका खेल्नुपर्ने भन्दै पार्टीको वडादेखि केन्द्रसम्मका सबै तहमा महिलालाई नेतृत्वमा राख्न विमागले माग गरेको छ।

‘पार्टीको वडादेखि केन्द्रसम्मका सबै तहको नेतृत्वमा सभापति वा उपसभापतिमध्ये एक पदमा अनिवार्य महिला हुनुपर्ने जोडदार माग गर्दछ,’ बागमती प्रदेशस्तरीय महिला भेलापछि विभागकी सचिव लक्ष्मी खतिवडाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

फागुन २९ र चैत १ मा पार्टी केन्द्रीय कार्यालय सानेपामा भेला तथा प्रशिक्षण भएको थियो।

कांग्रेस वडादेखि केन्द्रसम्मको सबै तहका समिति र संसदीय समितिमा एक तिहाइ महिला पदाधिकारी अनिवार्य राख्न पनि विभागले माग गरेको छ।महिला हिंसा, बलात्कारलगायत जघन्य अपराधमा संलग्नलाई कानूनको कठघरामा उभ्याउनसमेत विभागको माग छ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!