Sep 23, 2023

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक बस्दै

Mar 14 , 2021

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज बस्ने भएको छ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बिहान ११ बजे बस्ने केन्द्रीय कमिटी बैठकले नेकपा एमालेमा गएका नेताहरूलाई कारवाही गर्ने निर्णय गर्ने सम्भावना छ।

शनिबार बसेको केन्द्रको स्थायी कमिटी बैठकले एमालेमा गएका रामबहादुर थापा बादलसहितका नेतालाई २४ घण्टे स्पष्टिकरण सोधेको थियो। तत्कालीन नेकपा माओवादीका २३ जना नेतालाई नेकपा एमालेले केन्द्रीय सदस्य मनोनित गरेको थियो। साथै सरकारमा रहेका माओवादी केन्द्रका मन्त्रीहरूलाई फिर्ता आउन केन्द्रले भनेको छ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!