Sep 26, 2023

पूर्वमन्त्री नवीन्द्रराज जोशी फेरि कोमामा

Mar 09 , 2021

मस्तिष्कघात भएपछि अस्पताल भर्ना गरिएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था फेरि बिग्रिएको छ।

शनिबारदेखि स्वास्थ्य अवस्थामा थप समस्या देखिएपछि उनलाई फेरि कोमामा राखिएको छ। उनलाई भेन्टिलेटरको सहयोगमा उपचार भइरहेको चिकित्सकहरूले बताएका छन्।

५७ वर्षका जोशीलाई फागुन १३ मा मस्तिष्कघात भएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा  उनको उपचार जारी छ। उच्च रक्तचापका कारण जोशीलाई मस्तिष्कघात भएको चिकित्सकहरूले बताएका छन्।

जोशीको  डाक्टर राजिव झा नेतृत्वको चिकित्सक टोलीले उपचार गरिरहेको छ।

जोशीको स्वास्थ्य अवस्था गत शनिबारदेखि बिग्रेको डाक्टर झाले जानकारी दिए।

‘उहाँको स्वास्थ्य अवस्था बीचमा अलिकति राम्रो पनि देखिएको थियो,’ उनले   भने, ‘शनिबारदेखि फेरि उहाँलाई भेन्टिलेटरको सपोर्टमा राख्नुपरेको छ।’

जोशीको ब्लड प्रेसर हेर्दा स्थिर नै रहेको उनले बताए।

‘उहाँ अहिले कोमामै हुनुहुन्छ,’ उनले भने।

Facebook Notice for EU! You need to login to view and post FB Comments!