Sep 18, 2023

मोरङ र नुवाकोटमा नेकपाको कार्यालयमा टाँसियो एमालेको बोर्ड, भोलि धुम्बाराहीको फेरिने

Mar 08 , 2021

सर्वोच्च अदालतको फैसलापछि केपी ओली समर्थित पूर्व नेकपा एमाले पुनर्जिवित भएको भन्दै देशव्यापी उत्सव मनाइरहेका छन्।

देशभरका केही पार्टी कार्यालयमा नेकपा एमालेको साइनबोर्ड टाँगिन थालेको छ। नेकपा एमाले पुनर्स्थापित भएको भन्दै नेकपाका कार्यालयमा नेकपा एमालेको साइनबोर्ड टाँगिन थालेको हो।

केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजालका अनुसार मंगलबारसम्ममा अधिकांश जिल्लामा रहेका पार्टी कार्यालयको साइनबोर्ड फेरिन लागेको हो।

नेकपाको एकता खारेज भएपछि नेकपा एमाले भएको भन्दै रिजालले केन्द्रीय कार्यालयसहित अधिकांश जिल्लाका पार्टी कार्यालयमा नेकपा एमालेको साइनबोर्ड लगाउने जानकारी दिए।

नेकपाको केन्द्रीय कार्यालय रहँदै आएको धुम्बाराहीस्थित कार्यालयमा भोलि नेकपा एमाले साइनबोर्ड राखिने जानकारी दिए।

सर्वोच्च अदालतले सोमबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नाम ऋषि कट्टेलको अध्यक्षताको पार्टीलाई दिएसँगै एमाले र माओवादी केन्द्र ब्युँतिएका छन्।

यसअघि आजै नेकपा मोरङको कार्यालयमा एमालेको बोर्ड लगाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली समर्थक नेता कार्यकर्ताहरुले नेकपा एमालेको साइनबोर्ड पार्टी कार्यालयमा लगाएका हुन् ।

पर्यटन मन्त्री भानुभक्त ढकाल, केन्द्रीय सदस्य विनोद ढकाल गुरु बरालसहितका नेताहरुले एमालेको बोर्ड टाँगेका हुन्। एमालेको बोर्ड टाँगेपछि पूर्व एमालेका कार्यकर्ताहरुले खुसी व्यक्त गरेका थिए ।

यस्तै नुवाकोटमा पनि ओली पक्षका कार्यकर्ताले सोमबार पार्टी कार्यालयमा नेकपा एमालेको बोर्ड राखेका छन्।

एमाले नुवाकोटका तत्कालीन उपाध्यक्ष एवं बागमती प्रदेश सांसद बद्री मैनालीको नेतृत्वमा बोर्ड र चुनाव चिह्न सूर्य अंकित झन्डा राखिएको हो।

Facebook Notice for EU! You need to login to view and post FB Comments!