पाटन, पोखरा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति माग
Mar 08 , 2021

सरकारले पाटन, पोखरा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति माग गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत उपकुलपति सिफारिस समितिको सचिवालयले सोमबार सूचना निकालेर उपकुलपति माग गरेको छ।
प्रतिष्ठानका कुलपतिसमक्ष सिफारिस गर्ने प्रयोजनका लागि इच्छुक उम्मेदवारहरूले आफू नियुक्त हुन चाहेको प्रतिष्ठानका लागि आवेदन पेश गर्नुपर्नेछ।
आजदेखि सात दिनभित्र आवेदन दिन सकिने सूचनामा उल्लेख छ।
सिफारिस समितिको सचिवालय रामशाहपथ काठमाडौंमा आवेदन पेश गर्न पनि समितिले भनेको छ।