Sep 23, 2023

सर्वोच्चले नेकपा खारेज भएपछि सो पार्टीबाट निर्वाचित ४६ जनप्रतिनिधिको हैसियत के ?

Mar 07 , 2021

एकीकरण पछि नेकपाबाट निर्वाचित छन् १७ सांसद

सर्वोच्च अदालतको फैसला राजनीतिक जटिलता पैदा गरेको छ।

सर्वोच्च अदालतले नेकपाको नाम सम्बन्धि मुद्दामा नेकपाको एकीकरण खारेज गर्दै पूर्व एमाले र पूर्व माओवादीलाई ब्युताँइदिएको थियो।

फैसलाले दुई दलको एकतापछि नेकपाको नाममा निर्वाचन लडेकाहरुको पदको अस्तित्व संकटमा परेको छ।

एकतापछि कास्की २ बाट विद्या भट्टराई नेकपा दलको तर्फबाट निर्वाचित भएकी थिइन्। उनी अब कुन दलको सांसद हुने भन्ने अन्यौल छ। ‘हेर्दै जाऔँ न अब के हुन्छ’, उनले भनिन्, ‘म संसद बैठक कक्षमा छु।’

राष्ट्रिय सभामा समेत एकीकणरपछि नेकपाको नाममा १६ सांसद निर्वाचित भएका छन्। २०७६ साल माघ ९ गते नेकपाको नामबाट राष्ट्रिय सभाको सदस्य चयनका लागि निर्वाचन भएको थियो।

पूर्व एमाले र पूर्व माओवादीको एकतापछि २०७६ साल मंसिर १४ गते उपनिर्वाचन समेत भएको थियो। उक्त निर्वाचनबाट नेकपाबाट २९ उमम्मेद्वार निर्वाचित भएका थिए।

विजयीहरुको दल अब के हुन्छ भन्ने प्रश्न फैसलाबाट खडा भएको छ। उक्त निर्वाचनबाट दाङ क्षेत्र नं ३ को (ख) मा नेकपाकी विमलाकुमारी खत्री विजयी भएकी थिइन्।

त्यस्तै पाँचथरको फाल्गुनन्द गाउँपालिकामा वीरबहादुर कुरुम्बाङ, संखुवासभाको मकालु गाउँपालिकामा तेजबहादुर पोखरेल र  महोत्तरको पिपरा गाउँपालिकामा विक्रम चौधरी नेकपाका तर्फबाट विजयी भएका थिए। त्यस्तै हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्षमा नेकपाकी रुपा शाही विजयी भएकी थिइन्। त्यसबाहेक २४ वडामा समेत नेकपाको नाममा वडा अध्यक्षहरु निर्वाचित भएका थिए।

Facebook Notice for EU! You need to login to view and post FB Comments!