Oct 22, 2021

देउवालाई प्रधानमन्त्री बनाएर हाम्रो लोकतन्त्र बाँच्छ ?

Mar 07 , 2021

आउने वैशाखसम्ममा सबै पार्टी धुजाधुजा हुनेवाला छन् : हरि रोका

राजनीति शास्त्रीदेखि लिएर अरूहरुले पनि एउटा संकथन (न्यारेटिभ) बदल्नुपर्छ जस्तो लाग्छ । त्यो न्यारेटिभ भनेको पार्टीहरु कसरी उद्भव भए भन्नेबारे हाम्रो चिन्तन वा सोचाइ फरक छ जस्तो लाग्छ । नेपालमा कम्युनिस्ट होस् वा काँग्रेस, मुख्यगरी यी दुईवटै पार्टीको जरो बेलायत हो, चीन र रुस होइन । हामीकहाँ कम्युनिस्ट पार्टी चीनमा जस्तो कम्युनिष्ट क्रान्ति गर्न जन्मेको होइन । बहुदलीय व्यवस्थाभित्र, पार्टीभित्र, पार्टी सिस्टम नै बनाउनकै लागि कम्युनिस्ट पार्टीको जन्म भएको होइन । ग्रेटव्रिटेन कम्युनिस्ट पार्टी (जीबीसीपी)बाट भारतीय कम्युनिस्ट पार्टी र  भारतीय कम्युनिस्ट पार्टीबाट हामीकहाँ आयो । म पनि वामपन्थी नै हो । हाम्रो जिनमा चुनाव नै लेखिएको छ, लड्नुपर्छ नै भन्ने लेखेको छ । त्यत्रो लडाइँ लडेर प्रचण्ड फेरि चुनाव नै लड्न आइपुगे । यसलाई सैद्धान्तिकृत वा अभ्यास गर्नुपर्ने बेलामा अलिकति सोच्नुपर्यो । जस्तो शेरबहादुर देउवाले कम्युनिस्टहरुले रुवाए भने जस्तो कुरा नगरौँ । यी कम्युनिस्ट र काँग्रेस पार्टीको जिन कहाँबाट आयो ? भन्ने न्यारेटिभ चाहिँ सच्याउनुपर्छ भन्ने मलाई लाग्छ ।

अर्को एउटा कुराको न्यारेटिभ बदल्नुपर्छ जस्तो लाग्छ । उहिले पनि हाम्रो सोसाइटी भनेको प्लुरालिस्टिक (बहुलवादी) सोसाइटी नै थियो । एकीकरणपछिको हिसाब गर्ने हो भने शाहहरु थिए, पाण्डे, थापा, राणा, बस्नेत घरानियाहरु आए । एउटाले अर्कोलाई विस्थापित गरेर शासनसत्ता लिइराखे । त्यसमा सबैभन्दा बढी ती भारदारहरुलाई मारेर राणा पावरफुल भएर आए । त्यसकारण उसले १०४ वर्ष शासन चलायो । बहुदल आइसकेपछि गिरिजाप्रसाद कोइराला वा कोइराला खानदानले शासन गरे । कोइरालाहरुको वंश सकिएपछि अहिले देउवाले चलाएका छन् । अहिले देउवाको पार्टी क्षेत्री पार्टी भएको छ । अब यो कम्युनिस्ट पार्टी भनेको बाहुनहरुको पार्टी भएको छ । मैले यो साम्प्रदायिक कुरा गरेको होइन, सोझो अर्थमा यसको जिनको कुरा गरेको छ । यहाँभित्र जुनखालको व्यवस्थापनको कुरा छ यो व्यवस्थापनको सैद्धान्तिक कुरा कहाँबाट आयो भन्ने हो । यो फेरि हाम्रोमा मात्रै बहुलवाद भएको होइन । त्यो चीनमा पनि साङ्घाई र बेइजिङ ग्रुप भन्ने छ । त्यहाँ कसले कसलाई डोमिनेट गर्ने भन्ने हुन्छ । जियाङ जेमिनको पावर कार्टेल गर्नका लागि अघिल्ला राष्ट्रपतिले दुई वर्षसम्म सैनिक कमान्ड गर्न सक्थे नि ! त्यो जेमिनको रिसले अहिले नै सी चिनफिङ तिमी लैजाऊ भनेर दिए । त्यहाँ पनि गुटकै कुरा थियो । समाजमा बहुलता  भन्ने हुन्छ । त्यसलाई कसरी व्यवस्थित गर्ने भन्ने खालका कुरा हुन् । त्यसकारण हामीकहाँ पनि यो न्यारेटिभलाई फेर्न जरुरी छ ।

कम्युनिस्ट भन्ने बित्तिकै एकतन्त्रीय र तानाशाही मात्रै हुन्छ भन्ने खालका कुरा नगरौँ । यो गर्यो भने समस्या निम्त्याउँछ भन्ने लाग्छ ।

हामीले अलिकति अध्ययन गर्ने हो भने दोस्रो अन्तर्राष्ट्रिय पढ्न जरुरी छ । १८७१ देखि १९९० सम्मको अवधिमा धेरै बहस र छलफल भएको छ । खास गरेर सोसलिस्टहरुले सोसिलिज्महरुको विभिन्न धारहरु जुन ढाँचाबाट फेरिए अलगअलग भए तिनीहरुको बीचको अन्तरविरोध के हो ? भन्ने कुरालाई बुझ्न जरुरी छ ।

दलतन्त्र हुनैपर्दैन त ? मेरो विचारमा त्यस्तो लाग्दैन । हामीकहाँ दल चाहिन्छ, हुनुपर्छ । हाम्रा दल अप्रासंगिक भए । हामीलाई काम लाग्दैनन् यी दलहरु । यस्तो हुनुको पछाडि के के कारण होलान् भनेर खोजौँ । त्यसको पछाडि जरो अघिको कुराकानीमा निस्क्यो– नवउदारवाद वा उदारवाद कुरा । त्यति मात्रै त होइन ।

तेस्रो, दलतन्त्र हुनैपर्दैन त ? मेरो विचारमा त्यस्तो लाग्दैन । हामीकहाँ दल चाहिन्छ, हुनुपर्छ । हाम्रा दल अप्रासंगिक भए । हामीलाई काम लाग्दैनन् यी दलहरु । यस्तो हुनुको पछाडि के के कारण होलान् भनेर खोजौँ । त्यसको पछाडि जरो अघिको कुराकानीमा निस्क्यो– नवउदारवाद वा उदारवाद कुरा । त्यति मात्रै त होइन । एउटा त हामीकहाँ क्रान्ति भएन । जस्तो नेपाली काँग्रेसले एक खालको बहुमत नेतृत्व प्राप्त गरेको भए सात सालमा शुरुमै बिपी कोइराला प्रधानमन्त्री हुनुभएको भए त्यो एउटा क्रान्ति हुन्थ्यो । मेरो विचारमा त्यो क्रान्ति थिएन । प्रिमिटिभ एक्युमुलेसन भएको वा मुलुकको शुरुको एकुमुलेसन जुन हुनुपथ्र्यो, त्यो एक्युमुलेसनलाई लैजानका लागि १०४ वर्षसम्म थुपारेको पैसो सम्पत्तिमा क्यास गरेर लैजानका लागि बाटो खुलाएर ८ महिनासम्म राणा नै प्रधानमन्त्री हुनु क्रान्ति हुन्छ त्यो ? होइन । त्यसैले यो कुरा सोचाँै, हामीकहाँ जहिले सम्झौता भयो र सत्ता अर्कालाई दियौँ ।

म एउट सानो कुरा भन्छु । म माओवादीको सभासद भएर आएँ । माओवादीले बोलाएन, मनोनीत गरेको गिरिजाप्रसाद कोइरालाले हो । उनले नै सिफारिस गरेका । त्यसको १५, २० दिनपछि हाउस बस्ने भनेर बिहान ८ बजे बोलाउँछ, अनि राति ८ बजे सुरु गर्छन् । सुवासचन्द्र नेम्वाङ सभामुख छन् । अनि मैले गएर भने, यो के ताल हो ? अघिल्लो दिन कार्यव्यवस्था परामर्श समितिको बैठक बसाल्नुस् । भोलिपल्ट कतिबेला बैठक बसाल्ने हो, त्यो बैठक त्यतिबेलै गर्नुस् भन्दा उनले मलाई ‘तातेका माओवादीलाई चिसोपानी खन्याएको’ भनेर जवाफ दिए । अब हेर्नुस्, बिहान उज्यालो भएदेखि गएको छ । राति बेलुकीसम्म बस्नुपर्दा आफूभित्र तनाव, भयंकर आत्मग्लानि भएर फर्कनुपर्छ । माओवादी त सम्झौता गर्न आएका हुन् । तिनलाई चिसोपानी खन्याइयो । हामीकहाँ समाज परिवर्तन हुनुपर्ने हो । त्यो हुनका लागि केके घटक चाहिन्छन् ? कर्मचारीतन्त्रमा परिवर्तन हुनुपर्ने कि नपर्ने ? संस्थाहरु संस्थागत गर्नुपर्ने कि नपर्ने ? त्यसलार्य डेलिभरी गर्ने संस्था हुनुपर्ने कि नपर्ने ? यति धेरै घटकहरु हुन्छन्, तिनलाई जस्ताको तस्तै राखेर परिवर्तन हुन्छ ? सम्भावना नै थिएन, रहेन । त्यो चाहे काँग्रेस, एमाले, माओवादीका वा फेरि अहिले फुटेर आउनेको कुरा गर्नुस्, त्यही नै हुने हो । मेरो विचारमा अझै फुट्ने कुरा बाँकी छ । आउने वैशाखसम्ममा सबै पार्टी धुजाधुजा हुनेवाला छन् । काँग्रेस पनि धुजाधुजा हुनेवाला छ । किनभने त्यहाँ बाँडिनुपर्यो नि ! बाहुन एकातिर, क्षेत्री एकातिर हुनुपर्यो । त्यही कुरा अरू पार्टीमा पनि हुनुपर्यो । पर्खिउँ मात्रै, देख्न पाइहालिन्छ ।

ठूलठूला सिद्धान्तका भाते कुरा गर्यो तर त्यही टाँसिइरहेको छ जुको जस्तो । निकालिदियो भने मात्रै बाहिर निस्कने, नत्र ननिस्कने । यस्ता कुराले चल्दैन । अब त सीधा सीधा भन्न सक्नुपर्यो – तिमीबाट काम चल्दैन, हुँदैन । तिमीहरु, यो नेतृत्व हुनै सक्दैन भन्न सक्नुपर्यो र बाहिर निस्कन सक्नुपर्यो । बाहिर निस्केर केही गरे भने हुने हो । नत्रभने हामीले जतिसुकै ठटाए पनि केही हुनेवाला छैन ।

त्यसकारण यो अब्सोलेटलाई नयाँ ट्रेन्डमा कसरी लैजान सकिन्छ ?  कस्ता कुरा गर्न सकिन्छ ? मलाई लाग्छ– सिस्टम बसाल्न सिस्टमकै लागि काम गर्नुपर्छ । वामपन्थीहरुका लागि बङ्गाल किन बाँकी रहेन र केरला किन बाँकी रह्यो भन्दा केरला लचकदार पनि छ । केरलाले सबै कुरालाई संस्थागत गर्यो । त्यहाँ १९५६ यता हेर्नुभयो भने, त्यहाँ यूडीएफ र एलडीएफ भन्ने छ । यूडीएफ र एलडीएफका बीचमा यति धेरै समानता छन्, कम्तीमा एउटा फोकल प्वाइन्टमा यहाँनिर हामी एडजस्ट गरौँ, यसलाई मानौं भन्ने कुरा त हो । अघि कृष्ण सरले जुन राख्नुभयो, मेरो विचारमा पार्टी हुनका लागि त्यसले कहीँ न कहीँ कुरा त गर्नुपर्यो । विस्तारै विस्तारै पार्टीमा लडेर आएका मान्छेहरु त  किनारा लागे । अहिलेसम्म नलाग्ने मान्छे पनि छन् । कांग्रेसभित्रै पनि कृष्ण खनाल आउट, विनोद चौधरी इन ! यो त भयो नि ! एमालेभित्र त कुरै नगरौँ । दुगडलाई ओलीले सल्लाहकार बनाएको छैन ? भनेपछि भोलि प्रधानमन्त्री नै भए भने पनि ट्रम्प आउनु र विनोद चौधरी आउनुमा के फरक छ र ? ट्रम्प पनि व्यापारी त हो । त्यसकारण सिस्टम कसरी बसाल्ने वा व्यवस्थित बनाउने भन्नेबारेमा गहन छलफल हुँदैन । त्यो छलफल भनेको आधारभूत परिवर्तन नभई आउने कुरा होइन । त्यस्तो चेन्ज नै हुनुपर्ने रहेछ । हामीले त्यस्तो चेन्ज गर्नसक्ने कि नसक्ने भन्ने एउटा मौका आएको छ ।

त्यो मौका भनेको घनश्याम भुसालजी जस्ता छन् नि ! ठूलठूला सिद्धान्तका भाते कुरा गर्यो तर त्यही टाँसिइरहेको छ जुको जस्तो । निकालिदियो भने मात्रै बाहिर निस्कने, नत्र ननिस्कने । यस्ता कुराले चल्दैन । अब त सीधा सीधा भन्न सक्नुपर्यो – तिमीबाट काम चल्दैन, हुँदैन । तिमीहरु, यो नेतृत्व हुनै सक्दैन भन्न सक्नुपर्यो र बाहिर निस्कन सक्नुपर्यो । बाहिर निस्केर केही गरे भने हुने हो । नत्रभने हामीले जतिसुकै ठटाए पनि केही हुनेवाला छैन । हामीले इजिप्टबाट पनि सिक्न जरुरी छ । अरब क्रान्तिका   दस वर्ष कसरी असफल भयो भनेर दस वर्षको मूल्याङ्कनमा लामा लामा लेख आएका छन् । उनीहरुको वर्णन के छ भने पार्टी भएन, सङ्गठन भएन । हचुवाको भरमा क्रान्ति भैगो ! भन्नाले, मोबाइल, फेसबुक र युट्युबका भरमा आउ भनेर आयो । तर सङ्गठित त थिएन । त्यसलाई अर्काले टिपेर लग्यो, जो सङ्गठित थियो । त्यो सङ्गठित शक्ति आर्मी नै थियो, त्यसले लिएर गयो ।

हामीकहाँ यस्तो अनुत्तरदायी राजनीतिक पार्टीहरु भएको बेला अर्को केही उपाय छैन तर छोड्न कोही पनि तयार छैन । अहिलेसम्म तपाईंले सुन्नुभएको छ, प्रचण्ड वा माधव नेपालले छोड्छु भनेको ? त्यसपछि यता आएर देउवालाई कसैले छोडाउन सक्छन् ? चोलेन्द्र शमशेरले लिएन भने मेरा हातमा आउँछ भनेर पर्खेर बसेका छन् शेरबहादुर । अनि यसबाट परिवर्तन हुन्छ ? अनि ती चाहिँ लोकतन्त्रवादी ? केही हुनेवाला छैन । धैर्यधारण गराँ । पर्खिऔँ, अर्काले खाएको हेरौँ ।

यसलाई परिवर्तन गर्ने उपाय भनेकै निस्क बाहिर, आन्दोलनमा आऊ र त्यसको  नेतृत्व गर भने । तर के भन भने, तिमीबाट काम चल्दैन, हामी नयाँ कुरा लिएर जान्छौँ । प्रोग्रामको कुरा लिएर जानुपर्यो । जस्तो प्रतिनिधिसभा पुनःस्थापित भयो । यसमा दुईवटा कुरा त देखियो । प्रचण्ड र माधव नेपालले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनिदेउ भने । अनि देउवालाई प्रधानमन्त्री बनाएर हाम्रो लोकतन्त्र बाँच्छ ?

यसलाई परिवर्तन गर्ने उपाय भनेकै निस्क बाहिर, आन्दोलनमा आऊ र त्यसको  नेतृत्व गर भने । तर के भन भने, तिमीबाट काम चल्दैन, हामी नयाँ कुरा लिएर जान्छौँ । प्रोग्रामको कुरा लिएर जानुपर्यो । जस्तो प्रतिनिधिसभा पुनःस्थापित भयो । यसमा दुईवटा कुरा त देखियो । प्रचण्ड र माधव नेपालले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनिदेउ भने । अनि देउवालाई प्रधानमन्त्री बनाएर हाम्रो लोकतन्त्र बाँच्छ ? हामीले २०५९ साल देखेको होइन – किस्तीमा हालेर शेरबहादुरले लगेर बुझाएको होइन ? अब फेरि किस्तीमा हालेर बुझाउनलाई दिने ? यस्तो लबस्तरो कुरा गर्न पाइन्छ ? त्यसकारण सीधासीधा कुरा के हो भने, पोलिटिकल अर्गनाइजेसनभित्र रहेका आफूलाई जाम्बाज र बहादुर ठान्नेहरुले बाहिर निस्कनुपर्यो । उनीहरुले भन्नुपर्यो– हामी तिम्रो यो कुराको पक्षमा छैनौँ । प्रतिनिधिसभा पुनःस्थापित भएपछि के हुन्छ त ? समाजमा केही परिवर्तन आउँछ ? संगठनभित्रका जाम्बाज र बहादुरहरु बाहिर निस्किएर नेतृत्व नगरेसम्म केही हुनेवाला छैन ।