Sep 26, 2023

ओलीसँग एकै मञ्चमा देखिनुअघि नवलपुरमा झुल्किए विप्लव

Mar 05 , 2021

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव नवलपुरमा देखिएका छन्।

सरकार र विप्लव समूहबीच बिहीबार ३ बुँदे सहमति गर्दै वार्ता सकिएको थियो। सरकारले विप्लव समूहलाई लगाएको प्रतिबन्ध पनि फुकुवा गरिसकेको छ।

दिउँसो २ बजे प्रधानमन्त्री केपी शर्मा ओली र विप्लव एकै मञ्चमा देखिँदैछन्। काठमाडौंमा हुने कार्यक्रममा प्रधानमन्त्री ओली र विप्लवले सम्बोधन गर्ने तयारी छ।

काठमाडौंमा सार्वजनिक हुनुअघि नै शुक्रबार बिहान विप्लव नवलपुरमा देखिएका हुन्। सरकारले प्रतिबन्ध लगाएपछि विप्लव सार्वजनिक कार्यक्रममा देखिएका

जनपत्रकार संगठनका निवर्तमान अध्यक्ष प्रकाश डुम्रेले विप्लवको तस्बिर सार्वजनिक गर्दै उनी नवलपुरबाट काठमाडौं हिँडेको उल्लेख गरेका छन्।

‘सरकार र विद्रोही नेकपाबीच वार्ता सहमतिमा पुगेपछि नेकपाका महासचिव विप्लवको पहिलो तस्बिर सार्वजनिक भएको छ। महासचिव विप्लवले नवलपुरमा सहिद परिवार भेटघाट गरी भर्खरै काठमाडौ प्रस्थान गर्दै हुनुहुन्छ,’ उनले भनेका छन्।

उनका अनुसार विप्लवले सहिद-सप्ताहको अन्तिम दिन नवलपुरस्थित सहिद फूलमाया सारू ‘रमा’ को परिवारलाई भेटघाट गरेका हुन्।

Facebook Notice for EU! You need to login to view and post FB Comments!