Oct 25, 2021

क्याम्पस जान लागेकी किशोरीलाई नख्खुदोबाटोमा गाडीले ठक्कर दिँदा मृत्यु

Mar 03 , 2021

बुधबार बिहान ललितपुरको नख्खुदोबाटोमा जिपको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ।

विहान सवा ५ बजे बाटो काट्दै गरेकी सिन्धुपाल्चोक घर भइ बागडोल बस्ने १९ वर्षीया अन्जु दाहाललाई स १ ज ५६७ नम्बरको फोर्स गाडीले ठक्कर दिएको थियो।

ठक्कर दिँदा उनको मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक प्रज्वल महर्जनले जानकारी दिए।

उनी कोटेश्वर क्याम्पसमा अध्ययनरत विद्यार्थी हुन्। क्याम्पस जान लागेकी उनलाई जिपले ठक्कर दिएको महर्जनले बताए।

ठक्करपछि उनको उपचारको लागि ग्वार्कोस्थित बिएन्डबी अस्पताल लग्ने क्रममा मृत्यु भएको थियो। प्रहरीले जीप र चालक प्रविण गिरीलाई नियन्त्रणमा मृतकका आफन्तहरूले राहत र दोषीमाथि कारबाहीको माग गर्दै अस्पतालअगाडि प्रदर्शन गरिरहेका छन्।