Oct 25, 2021

बर्दिया राष्ट्रिय निकुञ्जको बाघले लियो भैंसी चराउन गएका लालबहादुरको ज्यान

Mar 02 , 2021

भैंसी चराउन गएका बर्दियाको राजापुर नगरपालिका वडा नम्बर १० कालाबन्जरका ६५ वर्षीय लालबहादुर चौधरीको शव जंगलमा

सोमबारदेखि हराइरहेका उनको शव जंगलमा फेला परेको हो। भैंसी गोठाला गएका उनलाई बाघले आक्रमण गरेको आशंकामा खोजी गरिएको थियो।

राजापुर नगरपालिका वडा नम्बर १० का अध्यक्ष दयाशंकर थारूका अनुसार बाघले घाँटी र कम्मरलगायत शरीरका अंगमा चिथोरेको अवस्थामा शव फेला परेको थियो।

‘बाघले आक्रमण गरेर मारेको अवस्थामा शव फेला पर्‍यो,’ उनले सेतोपाटीसँग भने, ‘हात्तीसहित निकुञ्जका टोलीले खोजी गर्दा भैंसी चराएको ठाउँ नजिकै शव फेला परेको हो।’

शवलाई पोस्टमार्टमका लागि लगिएको उनले बताए। राजापुर वडा नम्बर १० का चौधरी भैंसी चराउन गेरूवा गाउँपालिका वडा नम्बर ६ स्थित बाझपुर गेरूवा पुगेका थिए

वडाध्यक्ष थारूका अनुसार कर्णाली नदीको टापुमा भैंसी चराउँदै गर्दा उनलाई बाघले आक्रमण गरेको थियो। उनको शव सोमबार साँझ नै फेला परेको थियो।