May 31, 2023

प्रधानमन्त्री ओली आज झापा जाँदै

Feb 28 , 2021

प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा जान लागेका छन्।

जहाजबाट झापा जान लागेका ओली आइतबार झापा क्षेत्र नम्बर ५ मा पुगेर पार्कको शिलान्यास गर्ने कार्यक्रम तय भएको छ।

प्रधानमन्त्री ओलीले आज नेपाल-चीन औद्योगिक पार्क शिलान्यास गर्ने नेकपा झापाका नेता चिन्तन पाठकले जानकारी दिए।

प्रधानमन्त्री ओलीले रतुवा खोलामा बनेको पुल उद्घाटन गर्ने पनि कार्यक्रम छ।प्रधानमन्त्री ओली १० बजे भद्रपुर विमानस्थल पुग्ने कार्यक्रम छ। प्रधानमन्त्री ओली आज नै काठमाडौं फर्कनेछन्।

प्रधानमन्त्री ओली फागुन १८ गते पनि झापा जाने कार्यक्रम छ। विर्तामोड पूर्वाञ्चल क्यान्सर अस्पताल उद्घाटन कार्यक्रममा उनी सहभागी हुने अस्पतालका कार्यकारी प्रमुख दुर्गा प्रसाईंले बताए।

यस्तै फागुन २१ गते सुखानीमा हुने कार्यक्रममा पनि प्रधानमन्त्री ओली झापा जाने कार्यक्रम छ।

 

Facebook Notice for EU! You need to login to view and post FB Comments!