May 31, 2023

नवीन्द्रराज जोशीको मस्तिष्कमा परेको रगत निकालियो, अझै ४८ घन्टा निगरानी गरिने

Feb 26 , 2021

नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीलाई आज बिहान ३ बजेतिर शरीरको देब्रे भाग नचल्ने समस्या देखियो।

उपचारका लागि सुरूमा उनलाई वीर अस्पताल पुर्‍याइएको थियो। त्यहाँबाट बिहान थापाथलीस्थित नर्भिक अस्पताल सारियो।

मस्तिष्कघात भएका जोशीको नर्भिक अस्पतालमा शल्यक्रिया गरिएको छ। उनको स्वास्थ्य अवस्था जटिल रहेको चिकित्सकहरूले बताएका छन्।

‘उहाँलाई ब्रेन ह्यामरेज भएको छ। अवस्था चिन्ताजनक नै छ,’ नर्भिक अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले सेतोपाटीसँग भने, ‘ड्रेन गरेर मस्तिष्कबाट रगत निकालिएको छ।

’जोशीको मस्तिष्कको नशा फुटेर मस्तिष्कमा रगत छरिएको थियो।

नर्भिकमा डाक्टर राजीव झा नेतृत्वको चिकित्सक टोलीले जोशीको स्वास्थ्य उपचार गरिरहेका छन्।

‘केस क्रिटिकल छ। ४८ घन्टा हेरौं। अहिले केही भन्न सकिन्न,’ निर्देशक सिंहले भने। नर्भिकको आइसियूमा राखेर उनको उपचार जारी छ।