देउवाको बिफ्रिङ- नेकपाका दुबै समूहबाट प्रस्ताव आइरहेका छन्

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठकअघि आफू निकटका नेताहरूसँग छलफल गरेका छन्।
आज बिहान सभापति देउवाले बुढानिलकण्ठस्थित निवासमा आफू निकट केन्द्रीय सदस्यहरूसँग छलफल गरेका हुन्।
सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरेको र बदलिँदो राजनीतिक घटनाक्रमबारे नेताहरूसँग देउवाको कुराकानी केन्द्रीत थियो।
नेकपाका प्रचण्ड-माधवकुमार नेपालले बुधबार देउवालाई भेटेर सहकार्यको प्रस्ताव गरेका थिए। देउवाले यसबारे पार्टीमा छलफल गर्ने बताएका थिए।
‘नेकपाका दुवै समूहले कांग्रेससँग खुलेआम नै सहकार्यको प्रस्ताव गरिरहेका छन्,’ साउदले सेतोपाटीसँग भने, ‘लुकाउनुपर्ने केही कुरा छैन, यी विषय सार्वजनिक रूपले नै आइसकेका छन्।’
सर्वोच्चले मंगलबार प्रतिनिधिसभा पुनर्स्थापना गरिदिएकोले नेकपाका दुई समूह अब के गर्छन् कांग्रेसले ध्यान दिनुपर्ने पनि देउवाको भनाइ थियो।
‘नेकपाका दुइटा समूहका गतिविधि हेरेर मात्रै कांग्रेस निर्णयमा जानुपर्छ भन्ने सभापतिजीको भनाइ रह्यो,’ उनले भने, ‘दुई समूह भए पनि नेकपा त एकै पार्टी छ।’
बुधबार देउवाले महेन्द्रनारायण निधिको ९९ औं जन्मजयन्तीको अवसरमा आयोजित विचार गोष्ठीमा प्रधानमन्त्री ओलीले कि त बहुमत देखाउनुपर्ने नभए छोड्दा राम्रो हुने बताएका थिए।