Sep 28, 2023

प्रदेश १ मा मुख्यमन्त्री राईविरूद्ध अविश्वासको प्रस्ताव प्रदेश सभामा पेश

Feb 21 , 2021

प्रदेश एकका मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री राईविरूद्ध अविश्वासको प्रस्ताव पेश गरेका छन्।

नेपालको संविधानको धारा १८८ (४) तथा प्रदेशसभा नियमावली २०७४ को १२९ (१) बमोजिम मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव पेश भएको हो।

राईविरुद्ध प्रचण्ड–माधव समूहले १२ पुसमा अविश्वासको प्रस्ताव दर्ता गरेको थियो।

आइतबार बैठकअघि मुख्यमन्त्री शेरधन राईले सभामुखलाई पत्र पठाएर अविश्वासको प्रस्तावलाई कार्यसूचीमा नराख्न र बैठक स्थगित गर्ने भनेका थिए। तर सभामुख प्रदीपकुमार भण्डारीले ढिलो गरि भए पनि बैठक राखे र उक्त बैठकमा मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव पेश भयो।

सत्तापक्षले भने निलम्बिन १६ सांसदलाई बैठकमै उपस्थित हुन दिनु नहुने भन्दै प्रदेशसभा बैठक बहिष्कार गरेको थियो।

सरकारका प्रवक्तासमेत रहेका प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले निलम्बित सांसद उपस्थित भएसम्म बैठक बहिष्कार निर्णय भएको भन्दैं बैठकमा नजाने निर्णय गरेको बताए।

सत्तापक्षले बहिष्कार गरेको बैठकमा अविश्वासको प्रस्ताव पेश भएसँगै सकिएको छ । अर्को बैठक फागुन २० गते बस्नेगरी आइतबारको बैठक सकिएको हो ।

 

Facebook Notice for EU! You need to login to view and post FB Comments!