Jun 08, 2023

राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणबाट सात खेलाडी बाहिरिए

Feb 19 , 2021

फिफा विश्वकप छनोट र एसिया कप छनोटको तयारीका लागि बन्द प्रशिक्षणमा रहेको नेपाली राष्ट्रिय टिमबाट ७ खेलाडी बाहिरिएका छन्।

प्रमुख प्रशिक्षक बालगोपाल महर्जनले ३१ सदस्यीय नयाँ टिम घोषणा गरेका छन्। पोखरा प्रशिक्षणमा ३८ सदस्यीय नेपाली टिम गएको थियो।

टिमबाट गोलकिपर अर्पण कार्की बाहिरिएका छन्। यस्तै सेसेहाङ आङ्देम्बे, सरोज दाहाल, देवेन्द्र तामाङ, दिलेन लोक्तन, विकास तामाङ र सुवास गुरुङ पनि टिमबाट बाहिरिएका छन्।

राष्ट्रिय टिमका गोलकिपर किरणकुमार लिम्ब र फरवार्ड अभिषेक रिजाल हाल व्यवसायिक फुटबल खेल्न भारतमा छन्। यस्तै देवेन्द्र तामाङ र सुमन अर्याल मेडिकल बिदामा रहेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।

नेपाली टिम
गोलकिपर : विकेश कुथु, विशाल श्रेष्ठ, दीप कार्की, विशाल सुनार

डिफेन्डर : रजिन धिमाल, विराज महर्जन, विकाश खवास, अनन्त तामाङ, छिरिङ गुरुङ, दिनेश राजवंशी, अजित भण्डारी, सुरज विक, रोहित चन्द, निशान खड्का, पाल्साङ लामा

मिडफिल्डर : सुजल श्रेष्ठ, विशाल राई, सन्तोष तामाङ, सुनील बल, हेमन्त थापामगर, एरिक विष्ट, तेज तामाङ, रवि पासवान, त्रिदेव गुरुङ, सन्जोङ राई, अन्जन विष्ट

फरवार्ड : भरत खवास, नवयुग श्रेष्ठ, दर्शन गुरुङ, आसिस लामा, जर्जप्रिन्स कार्की

Facebook Notice for EU! You need to login to view and post FB Comments!