Sep 24, 2023

प्रचण्ड-नेपाल समूह तेस्रो चरणको आन्दोलन घोषणा गर्दै

Feb 14 , 2021

नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल समूहले आज तेस्रो चरणको आन्दोलन घोषणा गर्न लागेको छ।

आइतबार दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर आन्दोलनबारे जानकारी दिइने उक्त समूहका नेता विष्णु रिजालले जानकारी दिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेका थिए। उक्त कदम असंवैधानिक भएको नेकपा प्रचण्ड-नेपाल पक्षले बताउँदै आएको छ।

यसअघि दुई चरणमा उक्त समूहले आन्दोलन गरेको थियो।

Facebook Notice for EU! You need to login to view and post FB Comments!