Mar 19, 2023

आयोग पुगेर ओलीले भने- मेरो नेतृत्वको नेकपा नै आधिकारिक हो

Feb 09 , 2021

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको नेकपा नै आधिकारिक नेकपा भएको दाबी गरेका छन्।

निर्वाचनको तयारीबारे बुझ्न मंगलबार निर्वाचन आयोग पुगेका प्रधानमन्त्री ओलीले विगतको आफ्नो पृष्ठभूमि बताउँदै आधिकारिकताको दाबी गरेका हुन्।

उनले २०७६ को मंसिरमा भएको उपनिर्वाचन र माघमा राष्ट्रिय सभाको निर्वाचनमा आफ्नै हस्ताक्षर पठाएको प्रसंग सुनाउँदै आफूबाहेक कोही आधिकारिक हुन नसक्ने दाबी गरेको स्रोतले भन्यो।

‘हुन त प्रधानमन्त्री निर्वाचनको तयारीबारे बुझ्न र समयमै निर्वाचन गराउन सरकारको प्रतिवद्धता सुनाउन आयोग जानुभएको हो। त्यही प्रसंगमा नेकपाको आधिकारिकताबारे समेत प्रधानमन्त्रीले बोल्नुभएको थियो,’ प्रधानमन्त्री र आयोगका पदाधिकारीको छलफलका एक सहभागीले भने, ‘दुई पार्टीको एकता भएपछि म प्रथम अध्यक्ष हो। मेरै हस्ताक्षरमा पार्टीका निर्णयहरू लागु भएका छन्। मैले आजसम्म सूर्य चिन्हमै चुनाव लडेको छु भनेरसमेत भन्नुभयो।’

अध्यक्षको निर्देशनमा महासचिवले बोलाएको बैठकबाहेक अरू आधिकारिक नहुनेसमेत उनले दाबी गरेका थिए।

‘म सूर्य चिन्हमा लड्दै आएको हो। प्रतिनिधि सभा विघटन गर्दा पनि सूर्य चिन्हमै लडेर आएको थिए। नेकपा एमालेको निर्वाचित अध्यक्ष हो। नेकपा एमाले भन्नेबित्तिकै सूर्य चिन्ह आइहाल्छ,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो,’हँसिया-हथौंडाको तर्फबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सूर्यका तर्फबाट मैले पार्टी एकता गरेको हो। अरू सबै पदाधिकारी हामीले मनोनयन गरेको हो।’

पार्टी एकता भएको भए पनि एकताको प्रक्रिया नटुंगिदै अहिलेको दुःखद स्थिति देखा परेकोसमेत उनले बताएका थिए।

प्रधानमन्त्री ओलीसँगै उपप्रधानमन्त्री ईश्वर पोखरेल,ओली पक्षका महासचिव एवम् अर्थमन्त्री विष्णु पौडेल, ओली समूहका स्थायी कमिटी सदस्य सुवास नेम्वाङ,कानुन मन्त्री लीलानाथ श्रेष्ठलगायत नेताहरू आयोग गएका थिए। निर्वाचन आयोगका तर्फबाट प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया र अन्य आयुक्तहरू सहभागी थिए

Facebook Notice for EU! You need to login to view and post FB Comments!